तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था

दमौली (तनहुँ)। यहाँस्थित प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा पेट, मुटु तथा छाती तथा बालरोग विशेषज्ञको व्यवस्था गरेको हो । अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार विशेषज्ञ सेवाका निम्ति सर्वसाधारण जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको हो । यसअघि विशेषज्ञ सेवाका लागि पोखरा, भरतपुर, काठमाडौ जानुपर्ने बाध्यता थियो ।

प्रदेश अस्पताललाई ५० शय्यामा विस्तार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको तथा हाल पददर्ताको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । गत आवमा उक्त अस्पतालबाट एक लाख सात हजार ९८३ जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button