मलेसियाले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले अन्तर्राष्ट्रिय महिला ट्वेन्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि १०५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रनको योगफल बनाएको छ । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।
नेपालको लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएका छन् ।
नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ । सोही प्रतियोगिताको तयारी स्वरूप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्