फुटबलर सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध
काठमाडौँ । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छिन् ।
क्लब र अञ्जिलाबिच आधा सिजनका लागि सम्झौता भएको हो । अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छिन् ।
अञ्जिला तेस्रोपटक भारतीय लिग खेल्दै छिन् । यसअघि पनि उनले सेथुबाट खेलेकी हुन् । युरोपेली लिगसमेत खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी उनले ग्रिसको निस अट्रोमिटौबाट एक सिजन खेलेकी हुन् ।
अञ्जिलाले हालसम्म देशका लागि ५७ खेल खेलिसकेकी छिन् । नोभेम्बरबाट सुरु हुने भारतीय महिला लिगमा पूर्वविजेता इस्टबंगालसहित आठ टिम सहभागी हुँदै छन् ।
भारतीय लिग हालसम्म गोकुलम केरेलाले सर्वाधिक तीनपटक जितेको छ ।
प्रतिक्रिया राख्नुहोस्