तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा महानवमीका दिन नवकन्या पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान् चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन बुधवार नवकन्याहरूको पूजा गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरूको पूजा गर्नुभएको हो । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गर्नुभएको थियो । राष्ट्रपतिको सचिवालयका अनुसार बालमन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गर्नुभएको हो ।

दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button