तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकामा रहेका महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको  दर्शन गर्नुभएको छ । 

महाअष्टमीका अवसरमा आज राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गर्नुभएको हो । 

राष्ट्रपति पौडेलले शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवी ईन्द्रयणी लगायतका शक्तिपीठमा भने भेटी पठाउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्ति पीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button