मासुमा कालोबजारी, उपभोक्ता मारमा
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मन्डीभित्र खसीको मासुको मूल्य एकाएक बढेपछि उपभोक्ता मारमा परेका छन् ।
मङ्गलवार अष्टमीकै दिन केही व्यवसायीले प्रतिकिलो एकै पटक सय रुपैयाँसम्म वृद्धि गरेका छन् । खसीको मासु भन्दै बाख्रा, बोकाको मासु मिसावट गरेको आरोप पनि व्यवसायीहरूमाथि लागेको छ । अहिले मन्डीभित्र कतै प्रतिकिलो ९ सयमा त कतै १ हजारमा बिक्री भइरहेको छ ।
उपभोक्ताले यसरी एउटै बजारमा फरक मूल्य र मिसावट गरेर ठगी भएको गुनासो गरेका छन् । तरकारीदेखि अन्य वस्तुमा समेत ठगिँदै आएको उपभोक्ताले बताएका छन् । उपभोक्तावादी र सरोकारवालाले प्रभावकारी बजार अनुगमन नहुँदा यस्तो अवस्था आएको भन्दै चाँडै नियमनात्मक पहल गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्