तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले औद्योगिक विकास र केबलकार परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्ने

काठमाडौँ । सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबलकार परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यी आयोजनाको सूची सार्वजनिक गरेको हो ।

यस सूचीमा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालित केबलकार आयोजना समावेश छन् ।

विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका आयोजनाका पाँचखाल विशेष आर्थिक क्षेत्र, काभ्रेपलाञ्चोक, हरैया विशेष आर्थिक क्षेत्र, कैलाली रहेका छन् भने नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी,कञ्चनपुरलगायत रहेका छन् । सरकारको त्यस निर्णयले देशको आर्थिक वृद्धि र पूर्वाधार विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button