तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटनामा ११ जना घाइते

सिन्धुपाल्चोक । काठमाडौँ–मेलम्ची सडकखण्ड अन्तर्गत मेलम्ची नगरपालिका–१३, फटकशिला नजिक यात्रुवाहक बस दुर्घटना भएको छ।

आज बिहान ९.४५ बजेतिर काठमाडौँबाट पाल्चोकतर्फ जाँदै गरेको बा.३ ख ९३०८ नम्बरको बस अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा बसको बायाँ भाग क्षति भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक सुकदेव पौडेलले जानकारी दिनुभयो ।

बसमा करिब ४५ जना यात्रु सवार रहेका मध्ये ११ जना यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि नगर अस्पताल मेलम्ची पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button