मोटरसाइकल दुर्घटनामा बिदेशी नागरिकको मृत्यु
सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे–तातोपानी सडक खण्डअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चार किलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी , प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार बिहान करिब ११ः१० बजे बा.८९प.९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा अष्ट्रेलियाली नागरिक ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएका थिए।
दुवै जनालाई स्थानीय स्तरमा उद्धार गरी धुलिखेल अस्पतालको शाखा हिन्दि अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत नर्भिक अस्पताल, काठमाडौँ पठाइएको थियो। तर, उपचारको क्रममा दिउँसो करिब ३ बजे जनेट ज्याक्सनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक पेटर ज्याक्सन भने हाल नर्भिक अस्पतालको आइसियुमा उपचाररत छन्।
प्रतिक्रिया राख्नुहोस्