धनौजीका निवर्तमान अध्यक्ष सिंहको निधन
जनकपुरधाम । नेपाली काँग्रेसका नेता तथा धनुषाको धनौजी गाउँपालिकाका निवर्तमान अध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ ।

नेपाली काँग्रेस धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रभावशाली तथा पुराना नेता सिंह नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
स्वर्गीय नेता सिंहको पार्थिव शरीरमा काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि सहितका नेताहरूले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभयो ।
सिंह लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्