तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक आइतबार

काठमाडौँ । जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि  पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button