तपाईँ सुन्दै हुनुहुन्छः

सीमा चेकजाँच कमजोर, बाँकेका व्यवसायीको गुनासो

बाँके। दशैं–तिहारको मुखमा बाँकेका उद्योगी–व्यवसायीले सीमा नाकामा प्रभावकारी चेकजाँच नभएकाले राजस्व गुमिरहेको र स्वदेशी व्यवसायी प्रभावित भएको गुनासो गरेका छन्।

नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरूले भारततर्फ किनमेल गर्नेको भिड बढेको तर नेपालगन्जका बजार सुनसान बनेको उल्लेख गरे। महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले “यहाँ कालोबजारीको डर नभए पनि सामान बेच्न नसक्ने अवस्था छ” भन्नुभयो।

संघका अध्यक्ष टंकबहादुर धामीले प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जमुनाहा नाकामा सक्रिय भूमिका खेलेको भन्दै प्रशंसा गर्दै उहाँलाई कानुनअनुसार काम गर्न दिन आग्रह गरे। उहाँले सीमा नाकामा पूर्वाधार निर्माण र प्रविधि जडानमा संघले सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरूले जेनजी आन्दोलनका कारण कार्यालयमा भएको क्षतिको चर्चा गर्दै निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए।

सोही अवसरमा सुरक्षाका नवनियुक्त प्रमुखहरू तथा होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेललाई स्वागत र सम्मान गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button