तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौँ । भारतसँग अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा ३५ खेलाडीलाई डाकिएको छ ।

नेपाल र भारतबीच कात्तिक ९ गते (अक्टोबर २६) मा सिक्किममा मैत्रीपूर्ण खेल हुँदैछ । गत वर्ष काठमाडौँमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलपछि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक नियुक्त गरेको भोलिपल्ट नवीन न्यौपानेले प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेका हुन् ।

साफ च्याम्पियनसिपमा भुटानसँगको खेलमा घाइते भएका हिरा भुजेल र दीपा शाहीलाई ३५ जनामा समेटिएको छ । यस्तै यु–१९ का खेलाडी पनि प्रारम्भिक चरणमा परेका छन् । हालै काँधको शल्यक्रिया गरेकी गीता राना टोलीमा छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button