तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ ।

“प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक/ट्विटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोस्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button