धनकुटाको बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
धनकुटा । धनकुटाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडबाड आएसँगै यात्रुको अत्यधिक चाँप हुने गरेको दशैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा सहायता कक्ष स्थापना गरिएको हो ।
सहायता कक्षको धनकुटा प्रहरी प्रमुख एसपी शरद कुमार थापा क्षेत्री र धनकुटाका ट्राफिक प्रमुख मनोज कुमार खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बोल्दै धनकुटाका प्रहरी प्रमुख एसपी थापाले यात्राका क्रममा हुने समस्या समाधान गर्न सहायता कक्ष स्थापनाले महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्