तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कार्यालय भवन प्रबलीकरण गरेर बस्न मिल्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयको भवन प्रबलीकरण गरेर बस्ने मिल्ने जनाइएको छ । 

पार्टीले प्राविधिकलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने अवस्थाबारे अध्ययन गर्न लगाएको थियो । 

प्राविधिकले बुझाएको प्रतिवेदनमा जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रबलीकरण गरेर बस्न मिल्ने उल्लेख गरिएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार सात वटा कोठा प्रबलीकरण गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुनःनिर्माण गर्नुपर्ने सुझाव प्राविधिकहरूको छ । केन्द्रीय सदस्य आचार्यले भन्नुभयो,  “बुधवार बसेको केन्द्रीय कार्यालयको बैठकमा पार्टी कार्यालयको भवनका विषयमा छलफल भएको छ । अब पार्टी कार्यालय त्यहाँ बस्ने कि अन्त सर्ने भन्ने पार्टीले चाँडै निर्णय गर्नेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button