तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माण कोषमा योगदान गर्न मन्त्री घिसिङको आह्वान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गर्नुभएको छ ।

आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले भौतिक संरचनामा आगजनी र तोडफोडका कारण करिब १ खर्बभन्दा बढी क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिनुहुँदै आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोषमा सहयोग गर्न आह्वान गर्नुभएको हो ।

विश्व समुदायलाई समेत नेपालको सार्वजनिक सम्पत्ति पुनर्निर्माणमा सहयोगको अपील गर्नुहुँदै मन्त्री घिसिङले कुनै पनि सार्वजनिक निकायमा जनताको काम छिटो छरिटो हुनुपर्नेमा वर्तमान सरकारको जोड रहेको भएपनि त्यसो नहुँदा सरकारलाई गुनासो गर्न समेत आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा अर्थ मन्त्री रामेश्वर खनालले पुन निर्माण कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा प्रयोग गरिने बताउनुहुँदै महत्वपूर्ण प्रहरी कार्यालयहरूलाई भने सरकारको अहिलेकै कोषबाट तत्काल पुनर्निर्माण गरिने जानकारी दिनुभयो ।

अर्थ मन्त्री खनालले नागरिकको रायलाई विकास योजना बनाउने आधारको रूपमा प्रयोग गरिनेमा समेत जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button