नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ
काठमाडौँ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालीन सञ्चालक सहकारी ठगीका आरोपी केदारनाथ शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ ।
सहकारी ऐन, २०७४ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालतसमेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय,नक्खुमा रहेका शर्मा जेनजी आन्दोलनका समयमा फरार भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।
उनलाई आजै कारागार कार्यालय, नक्खु बुझाइएको ब्युरोका निमित्त प्रवक्ता, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार कैदीबन्दी फरार रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्