मेची भन्सारको यात्रु शाखा सञ्चालनमा, काँकडभिट्टाबाट प्रवेश गर्न थाले भारतीय गाडी
भद्रपुर, झापा । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीपछि बन्द रहेको पूर्वी नाका काँकडभिट्टाको यात्रु शाखा सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो ।
यात्रु शाखा बन्द हुँदा भारतीय सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइएको थियो । तर, दसैँलाई लक्षित गर्दै हिजोदेखि यात्रु शाखा सञ्चालनमा आएसँगै भारतीय सवारीसाधन नेपाल प्रवेश गरेका छन् ।
प्रमुख मेची भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यात्रु शाखा बन्दपछि व्यापार–व्यवसाय र पूर्वी नेपालको पर्यटनमा त्यसको प्रत्यक्ष असर परेको थियो । यात्रु शाखा सञ्चालनमा आएसँगै भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न थालेको पौडेलले जानकारी दिनुभयो ।
प्रदर्शनका क्रममा गत भदौ २४ गते मेची भन्सार कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्