तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको सुरक्षालाई मजबुत बनाउन लाग्छु” प्रहरी प्रमुख जिसी

बाँके। प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व सम्हाल्नु भएको छ । पदभार ग्रहण गर्दै उहाँले शान्ति–सुरक्षा कायम गर्न इमान्दारी, पारदर्शिता र कानुनी कडाइका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एसपी जिसीले मातहतका प्रहरीलाई गलत कार्य गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो । उहाँले लागुऔषध कारोबारलाई “समाजमा दुर्गन्ध फैलाउने शक्ति” भन्दै खरो कारबाही गर्ने चेतावनी दिनुभयो ।

सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै, जनचेतनामूलक कार्यक्रम बढाउन पनि उहाँले प्रहरीलाई निर्देशन दिनुभयो । चोरीलगायतका आपराधिक घटना नियन्त्रणमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा भई बाँके आउनु भएका जिसी अपराध नियन्त्रणमा दृढ र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button