नेपाल सुपर लिग (एनएसएल) अनिश्चित
काठमाडौँ । निजी व्यापारिक घरानाबाट सञ्चालन हुँदै आएको नेपाल सुपर लिग (एनएसएल) अनिश्चित भएको छ ।
गत मेमा काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै एनएसएलको चौथो संस्करण आयोजना गर्न सेप्टेम्बरदेखि नोभेम्बरको समय दिएको थियो ।
तर, मङ्गलवार मात्रै एन्फाले यस वर्षको अन्तिमसम्मको क्यालेन्डर सार्वजनिक गर्दा एनएसएलको नाम हराएको हो ।
एन्फाले पहिलोपल्ट फ्रेन्चाइज महिला लिग गर्न फागुन ९ देखि १६ गतेसम्मको समय छुट्टाएको छ । तर, कोरोना महामारीदेखि निरन्तर हुँदै आएको एनएसएललाई भने कुनै समय दिइएको छैन ।
प्रतिक्रिया राख्नुहोस्