तपाईँ सुन्दै हुनुहुन्छः

इलाम अस्पतालमा दैनिक शल्यक्रिया सेवा सुरु

इलाम । इलाम अस्पतालमा अबदेखि दैनिक रूपमा विशेषज्ञ सर्जनद्वारा शल्यक्रिया हुने भएको छ। अस्पतालका सूचना अधिकारी सुजन अधिकारीका अनुसार सर्जन डा. सरो प्रजापतिले नियमित रूपमा सेवा दिनुहुनेछ ।

अस्पतालमा हर्निया, हाइड्रोसिल, एपेन्डिक्स तथा विभिन्न गाँठा–गुठीसम्बन्धी शल्य क्रियात्मक उपचार अब दैनिक रूपमा उपलब्ध हुने जनाइएको छ। 

त्यस्तै, बालरोग विशेषज्ञ डा. बृजेश कुमार यादवले निरन्तर सेवा दिइरहनुभएको छ । 

इलाम मात्र नभई पाँचथर र ताप्लेजुङका बिरामी पनि उपचारका लागि इलाम अस्पताल आउने गरेका छन्। हाड जोर्नीसम्बन्धी अपरेसन सेवा थप सहज बनाउन आवश्यक मेसिन खरिदका लागि अस्पतालले बजेट माग गरेको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button