बागलुङका मुख्य नाकामा २४ सै घण्टा सेवा दिने गरी यात्रु सहायता कक्ष स्थापना
बागलुङ । बागलुङमा चाडपर्वहरू नजिकिए सँगै बागलुङ जिल्लाका मुख्य नाकामा २४ सै घण्टा सेवा दिने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडबाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी बागलुङ नगरपालिका १ मालढुङ्गामा, ट्राफिक चोक, बुर्तिवाङ र गलकोटमा गरी चार स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।
चाडबाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन गर्दै यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस् भनेर कक्षको स्थापना गरिएको ट्राफिक प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।
सहायता कक्षको शुभारम्भ गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले चाडबाडमा यात्रु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनुभयो । उहाँले यात्रु ठगिएको सामान लुटपाट गरिएको लगायतको विषयमा तत्कालै उजुरीसँगै सुनुवाई हुने बताउनुभयो ।
चाडबाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन गर्दै भाडा दरको सूचना बोर्डसहित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस् भनेर कक्षको स्थापना गरिएको कुँवरले जानकारी दिनुभयो ।
सबैभन्दा बढी चाप हुने मध्यपहाडी लोकमार्ग हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिने तथा भित्रिने सवारी साधनको निगरानी र अनुगमन समेत थालिएको छ । चाडबाडका बेला सवारी चाप अत्यधिक हुने भएकोले यात्रु सहायता कक्ष दशैंदेखि छठ पर्वसम्म नै सञ्चालनमा रहने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्