लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्