तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु

काठमाडौँ ।  मुलुकका विभिन्न स्थानमा  पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । 

शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाक्नुभएको छ । सो बैठकमा दसैँ र तिहारका लागि यातायात व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने विषयमा छलफल गरिने र त्यसका लागि कार्यदल बनाउने जनाइएको छ । 

हिजो साँझ करिब ६ः३० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियो । करिब ७० मिटर  माथिबाट निरन्तर ढुङ्गा झरिरहेको र आज बिहान  ७ः४० मा पुनः ठूलो पहिरो खसेर सडक अवरुद्ध छ । 

हाल सो स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालन हुने सम्भावना छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button