नारायणगढ-मुग्लिनसडक खण्ड अवरुद्ध: वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
चितवन । तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्धबनेपछि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको र पहिरोले १०० मिटर भन्दा बढी सडक ढाकेपछि ट्राफिक प्रहरी चितवनले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको हो । आज दिनभर सडक खुल्ने सम्भावना न्यून भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले जानकारी दिनुभयो ।

अझैपनि उक्त ठाउँमा सुख्खा पहिरो निरन्तर खसेको कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पहिरो शुक्रबार बिहानैदेखि खस्न थालेपछि यात्रु तथा सवारी साधनको लामो लाइन छ । दसैँमा घर फर्कने यात्रुहरू समेत अलपत्र परेका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।








प्रतिक्रिया राख्नुहोस्