तपाईँ सुन्दै हुनुहुन्छः

सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

काठमाडौँ । साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ आज सार्वजनिक गरिएको छ । उपन्यासमा एक नारीको आत्म जागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको जनाइएको छ ।

पुस्तकबारे लेखिका आभासले भन्नुभयो, “हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ । स्त्रीको चेतनाअनुरूप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु ।”

बुक हिल सो पुस्तक प्रकाशन गरेको हो । “एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेनजी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठक प्रिय बन्नेछ”, बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले भन्नुभयो ।

कथा र कवितामा कलम चलाइरहनुभएकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुङ्कारलाई प्रस्तुत गरिएको जनाइएको छ । ३६० पृष्ठको पुस्तकको बजार मूल्य ६९९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button