नेकपा एमाले पुनः पहिलो शक्ति बन्छ : महासेठ
जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठले ६ महिनापछि हुने चुनावमा नेकपा एमाले नै पहिलो शक्तिको रुपमा स्थापित हुने दाबी गर्नुभएको छ ।

धनुषास्थित पार्टी कार्यालयमा संविधान दिवसको अवसरमा आयोजित शान्ति सभालाई सम्बोधन गर्दै उहाँले नेकपा एमाले जनताको पार्टी भएकाले अगामी चुनावमा ठूलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।
उहाँले कुनै पनि नेपालीले सिंहदरबारमा आलो लगाउन नसक्ने बताउँदै जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्