तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो खस्दा दाउन्ने सडक पूर्ण रुपमा अवरुद्ध

नवलपरासी पश्चिम् । बर्षाका कारण पहिरो खस्दा दाउन्ने सडक अवरुद्ध बनेको छ । लगातार परिरहेको झरीका कारण पहिरो खसेपछि सवारी आउजाउ हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दिउँसो १२ः४० बजेको समयमा   विनयी  त्रिवेणी गा.पा. वडा नं. २ पैसठ्ठी मोड नजिकै पूर्व पश्चिम राजमार्गमा भारी बर्षाको कारण माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको हो ।

 प्रहरीले उक्त राजमार्ग प्रयोग गर्ने सम्पुर्ण  सवारी साधन लगायत यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button