राष्ट्रपति पौडेल संविधान दिवसका अवसरमा आयोजित समारोहमा सरिक

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८२ का अवसरमा गृह मन्त्रालयद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।
सो अवसरमा नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की , प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्