तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

डडेल्धुरा। सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् ।

आगामी दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

 तर डडेल्धुरामा भने सुपथ मूल्य पसल सञ्चालन भए पनि उपभोक्ताले अपेक्षित सुविधा पाउन सकेका छैनन् । जेनजी आन्दोलनको प्रभावले गर्दा यहाँ खाद्य सामग्री समयमै आपूर्ति हुन नसकेको साल्ट ट्रेडिङ डडेल्धुराका डिपो प्रमुख देव बहादुर पालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म आयोडिन नुन बाहेक अन्य खाद्य सामाग्री आइपुग्न सकेको छैन ।

 सुपथ मूल्य पसल खोलिएको भए पनि सेवाग्राही निराश भएका छन् । स्थानीय उपभोक्ताले चाडपर्वको समयमा चिनी, दाल, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तु सहज मूल्यमा पाइने अपेक्षा गरेका थिए । 

 डडेल्धुराको बजारमा अहिले चिनी र दालको मूल्य उच्च रहेको छ । सामान्यतया सुपथ मूल्य पसलमा यी वस्तुहरू सस्तो मूल्यमा उपलब्ध हुने भएकाले सर्वसाधारणलाई राहत पुग्ने आशा गरिएको थियो । तर आन्दोलनका कारण ढुवानीमै समस्या आउँदा खाद्य सामाग्री हालसम्म भित्रिन सकेको छैन ।

स्थानीय अनीता पौडेलले चाँडै आवश्यक सामाग्री आपूर्ति गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । अब आपूर्ति सहज भए मात्र डडेल्धुराबासीले सुपथ मूल्य पसलको प्रत्यक्ष फाइदा पाउने 

प्रतिक्रिया राख्नुहोस्

Back to top button