तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा १८८ सवारीसाधन जलेर नष्ट

दाङ। जेनजी प्रदर्शनका क्रममा दाङ जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन् ।

दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपाङ्ग्रे पूर्ण रूपमा क्षति भएका छन् । टिपर, ट्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारी साधन जलेको उहाँको भनाई छ ।त्यसै गरी १३३ पूर्ण रूपमा क्षति भएका मोटरसाइकलमा ८३ वटा सरकारी, ४७ निजी, तीन थान निजी स्कुटर र १० वटा साइकल रहेका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिनु भयो । उहाँका अनुसार उच्च अदालत तुलसीपुरका पाँच वटा सवारीसहित तीन वटा निजी मोटरसाइकल जलेर नष्ट भएका छन् ।

तुलसीपुर उपमहानगरमा छ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल,मोटरसाइकल लगायत सवारी जलेर क्षति भएका छन् ।

घोराही उपमहानगरमा दुई वटा गाडी र सात वटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका दुई वटा गाडी र पाँच वटा मोटरसाइकल जलेका छन् ।

लोकसेवा आयोग तुलसीपुरका दुई वटा गाडी र मोटरसाइकल पाँच वटा जलेका छन् । बबई गाउँपालिकाका नौ मोटरसाइकल मध्ये छ वटा सरकारी र तीन वटा निजी रहेका छन् । जिल्ला समन्वय समितिका तीन गाडी र १८ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् ।  जिल्ला ट्राफिक कार्यालय दाङका दुई वटा गाडी, २९ मोटरसाइकल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका एक थान गाडी र आठ वटा सरकारी मोटरसाइकल जलेर नष्ट भएका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिनुभयो  ।

भू तथा जलाधार संरक्षण कार्यालय तुलसीपुर, प्रदेश निर्वाचन कार्यालय, सडक विभाग तथा पूर्वाधार कार्यालयसहित जिल्लामा दुई दर्जन बढी सरकारी कार्यालयका सवारीसाधन जलेर नष्ट भएका छन् । त्यसै गरी ३४ भन्दा बढी संरचना क्षतिग्रस्त भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button