जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका धनकुटाका कुथुङ्मीको आज अन्त्येष्टि

धनकुटा । गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका धनकुटाका छत्रमान कुथुङ्मीको आज अन्त्येष्टि गरिएको छ ।
कुथुङ्मी राईको शव मङ्गलवार नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला धनकुटा ल्याइएको थियो । कुथुमीको पहिचान खुलेपछि छोरा सुवास कुथुङ्मीले शव बुझ्नुभएको थियो ।
धनकुटाको पाख्रीवास नगरपालिका वडा नं.१० चुङमाङका ६४ वर्षीय राईको स्थानीय फलामे टोलमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्