तपाईँ सुन्दै हुनुहुन्छः

गमगढीमा सहुलियत दरमा चामल, तेल, चिनी बिक्री सुरू

मुगु । आगामी चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले सोमबारदेखि सहुलियत दरमा खाद्यान्न बिक्री वितरण सुरू गरेको छ। जिल्लामा महँगी र आपूर्ति अभावका कारण उपभोक्तालाई राहत दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

कम्पनीका अनुसार चामल, तेल, चिनीलगायत दैनिक उपभोग्य सामग्री बजार मूल्यभन्दा केही सस्तो दरमा उपलब्ध गराइनेछ। दशैं–तिहारमा सर्वसाधारणलाई सहज बनाउन यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

गमगढी बजारमा खाद्य वस्तुको मूल्य अत्यधिक बढ्ने गुनासो गर्दै आएका उपभोक्ताले सहुलियत बिक्री सुरू भएपछि न्यून आर्थिक अवस्था भएका जनताका लागि ठूलो राहत भएको बताएका छन्। छायाँनाथ रारा नगरपालिका–२ का ईसरा मल्लले भन्नुभयो, “चाडपर्वमा सहुलियत दरमा खाद्यान्न पाउँदा ठूलो राहत मिलेको छ।”

स्थानीयवासीका अनुसार यस किसिमको व्यवस्था नियमित रूपमा सञ्चालन भएमा दुर्गम जिल्लाका नागरिकलाई थप राहत पुग्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button