काठमाडौँको सुन्धाराबाट भागेका दुई कैदी सुर्खेतमा पक्राउ
सुर्खेत । काठमाडौँको सुन्धाराबाट भागेका दुई जना कैदीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेन–जी आन्दोलनको फाइदा उठाउँदै काठमाडौँको जगन्नाथ देवल कारागार सुन्धाराबाट फरार रहेका सुर्खेतको लेकवेशी नगरपालिका–१०, का २४ वर्षीय शिवलाल घिमिरे, सर्लाहीको बागमती नगरपालिका–२, का १९ वर्षीय सागर तामाङलाई सुर्खेत प्रहरीले आज वीरेन्द्रनगरको झुप्राबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार घिमिरे जबरजस्ती करण मुद्दामा र तामाङ चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
जिप्रकाबाट सादा पोसाकमा खटिएका प्रहरी सहायक निरीक्षक किशोर खत्री नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) मोहनजंग बुढथापाले बताउनु भयो । उहाँले नियन्त्रणमा लिएर दुवै कैदीलाई थप कैद भुक्तानका लागि जिल्ला कारागार सुर्खेत पठाइएको जानकारी दिनु भयो । रासस
प्रतिक्रिया राख्नुहोस्