काँकडभिट्टा नाका सञ्चालनमा
झापा । जेनजी पुस्ताको आन्दोलनसँगै ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाका आज दिउँसोदेखि सञ्चालनमा आएको हो । ६ दिनसम्म नाका ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नुपरेको थियो ।

नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गरेको थियो ।
एसएसबीले नाका खुलाए पनि परिस्थित नेपालतर्फ परिस्थिति पूर्ण सामान्य बनेको छैन । भारतीय निजी गाडी नेपाल आउन पाएका छैनन् । भन्सारमा यात्रु शाखा जलेर ध्वस्त भएपछि गाडीको हकमा त्यो समस्या उत्पन्न भएको हो ।
झापाकै भद्रपुर नाका भने शुक्रवारबाटै सञ्चालनमा आए पनि भारतीय प्रहरीले परिचयपत्र हेरेर नाम टिप्न थालेपछि सर्वसाधारण मर्कामा परेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्