तपाईँ सुन्दै हुनुहुन्छः

महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । नेपालको इतिहासमा उहाँ पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ ।

 प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । यसअघि, महान्यायाधिवक्ता रमेश बडाल हुनुहुन्थ्यो । उहाँले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता हुनुभएको हो । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । यसअघि उहाँ सूचना आयुक्तसमेत रहिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button