सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
नियुक्तिसँगै भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ । आजै महान्यायाधिवक्ता रमेश बडालले दिनुभएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्