तपाईँ सुन्दै हुनुहुन्छः

जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुग्यो 

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ।

अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनु भयो ।

 घटनामा १ हजार भन्दा बढी घाइते भएकोमा १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button