तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । 

प्रहरीले मे.१ च ५८२६ नम्बरको  गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button