नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि अस्थायी संरचनाबाट सेवा सुचारु गर्ने
नेपालगन्ज । जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सेवा सुचारु गर्ने भएको छ ।

भदौ २४ गते अपराह्न आगजनी गरिएपछि जलेर ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिका कार्यालयको कर्मचारीले भोलिपल्टैबाट सरसफाई सुरु गरेका थिए ।
तत्काललाई टिनको टहरामुनि अस्थायी सेवा प्रवाह स्थल खडा गरेर सेवा सुचारु गरिने प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताउनुभयो । अहिले केही दिन सामान्य प्रकृतिको सेवा प्रदान गरिने शर्माले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाको स्वास्थ्य सेवा भने सुचारु रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्