देशैभर चहलपहल बढ्न थाल्यो
काठमाडौँ । जेन जी आन्दोलनका कारण भदौ २३ गतेदेखि असामान्य बनेको मुलुकको परिस्थिति अब क्रमशः सामान्य बन्न थालेको छ ।

जेन जी आन्दोलनको माग अनुसार नागरिक सरकारको नेतृत्व गर्दै अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजो नियुक्त गर्नुभएपछी आज देखी काठमाडौँ उपत्यका लगायत देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा र कर्फ्यु हटाइएको छ । निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै सडकमा चहलपहल बढ्न थालेको छ । लामो र छोटो दुरीका सवारी साधन चल्न थालेका छन् ।

शान्ति सुव्यवस्था कायम गर्न २४ गते राती १० बजेदेखि परिचालित सेनालाई आज देखी सडकबाट हटाइएको छ भने प्रहरी सडकमा देखिन थालेका छन् ।



निषेधाज्ञा र कर्फ्यु हटाइएपछि आज काठमाडौँका सडक यस्तो देखियो (तस्बिरहरू):









प्रतिक्रिया राख्नुहोस्