तपाईँ सुन्दै हुनुहुन्छः

अझै एक साता शेयर कारोबार नहुने

काठमाडौँ । जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजी बजार आगामी साताभर बन्द रहने जनाइएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आज एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो ।

“धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने ब्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ”, नेप्सेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button