तपाईँ सुन्दै हुनुहुन्छः

संविधान र लोकतन्त्रको पक्षमा धनुषाका पत्रकारहरूद्वारा मौन प्रदर्शन

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा तथा मधेश प्रदेश समितिको संयुक्त आयोजनामा संविधान र लोकतन्त्रको रक्षाको मागसहित जनकपुरधाममा मौन प्रदर्शन भएको छ । महासङ्घका जिल्ला अध्यक्ष पुरन गुप्ताको अगुवाईमा भएको प्रदर्शनमा महासङ्घका मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो लगायत सहभागी हुनुहुन्थ्यो ।

केन्द्रले जारी गरेको सर्कुलर अनुसार महासङ्घले गरेको मौन प्रदर्शनमा विभिन्न सञ्चार माध्यममा कार्यरत रहेका पत्रकारहरूले २०७२ सालको संविधान तथा लोकतन्त्रको विषयमा लेखिएको प्लेकार्ड बोक्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button