तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुला जिल्ला कारागारबाट भागेका मध्ये पाँच कैदीबन्दी नियन्त्रणमा

दार्चुला ।  ‘जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् ।

कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ ।

यस्तै आन्दोलनका क्रममा नेकपा(एमाले) र नेपाली काँग्रेसको पार्टी कार्यालयमा क्षति भएको छ । 

आज लेकम गाउँपालिका–५ मा रहेको रेडियो लोकदर्पण एफएमको कार्यालयमा समेत तोडफोड भएको छ भने गाउँपालिकामा तोडफोडमा जान लागेको भन्दै लेकम–३ मा रहेको सशस्त्र प्रहरी बिओेपीको टोली पालिकामा खटाइएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button