तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । 

विषम परिस्थितिका कारण मङ्गलवारदेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल लागू हुने गरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिका कारण मङ्गलवारबाट बन्द गरिएका हवाई उडानलाई आज बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णयअनुसार पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो ।

हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ ।

यसैबीच निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बिहीबार बिहानदेखि उडान सञ्चालन हुने जानकारी गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button