मङ्गलवार जलाइएको सिंहदरबार आज यस्तो देखियो

काठमाडौँ I गत मङ्गलवारको आगलागीले ध्वस्त भएको सिंहदरबारको भवन आज हेर्दा चिन्नै नसकिने अवस्थामा छ। आगोले भवनको अधिकांश भाग जलेर पूर्ण रूपमा क्षति भएको छ। आज बिहान भवनको भग्नावशेष र जलेका संरचनाहरूले घटनाको भयावहता झल्काएका छन् ।

भवनको मुख्य प्रवेशद्वार, कलात्मक झ्याल र ग्यालरीहरू आगोले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। भित्री संरचनाहरू जलेर ढलेका छन्, जसले गर्दा भित्र रहेका ऐतिहासिक कागजात र सामग्रीहरू पनि नष्ट भएको अनुमान गरिएको छ। सुरक्षाकर्मीले अहिले पनि भवनको वरिपरि घेरा हालेर निगरानी गरिरहेका छन्। दमकल अहिले पनि आगो निभाउने कार्यमा लागिरहेको छ ।


















प्रतिक्रिया राख्नुहोस्