तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

काठमाडौँ ।  ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी  भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरूमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो ।

आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौँका मुद्दाका कागजात बाहिर निकालेर समेत आगजनी गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button