तपाईँ सुन्दै हुनुहुन्छः

जेनजीलाई संयमित हुन बालेन शाहको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा संलग्न ‘जेनजी पुस्ता’लाई संयमित रहन अपिल गर्नुभएको छ ।

महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल ९फेसबुक० मार्फत सोमबारदेखि मुलुकभर सुरु भएको आन्दोलन ‘जेनजी पुस्ता’को भएको स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आइसकेकाले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गर्नुभएको हो ।   

“देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो, अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, तयार रहनुहोला”, उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button