तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ ।

ठुलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उहाँलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिनुभयो । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा हुनुहुन्थ्यो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button